काठमाडौं– नेपाल स्वास्थ्यकर्मी संघले अक्सिजन लगायत अन्य उपकरणको अभावले गर्दा बिरामीको मृत्यु भइरहेको भन्दै आवश्यक सामग्रीको व्यवस्थापन गर्न सरकारसँग माग गरेको छ।
संघले बिहीबार एक विज्ञप्ती जारी गर्दै बिरामीको स्वास्थ्य उपचारका लागि आवश्यक अक्सिजन लगायत स्वास्थ्य सामग्रीको व्यवस्थापन गर्न आग्रह गरेको हो।
यस्तै, कोरोना महामारीमा खटिएका स्वास्थ्यकर्मीको हौसला बढाउनुको साटो कार्यस्थलमा भौतिक आक्रमण भइरहेको संघको गम्भीर ध्यानाकर्षण भएको समेत जनाएको छ।
स्वास्थ्यकर्मीमाथि आक्रमण गर्नेलाई कारबाही गर्न समेत माग गरेको छ।
संघका महासचिव दिपक भट्टद्वारा जारी विज्ञप्तिमा कोरोना संक्रमणबाट बच्न नागरिकहरुलाई मास्कको अनिवार्य प्रयोग गर्ने, भौतिक दुरी कायम गर्ने, साबुनपानीले हात धुने तथा जमघट नगर्ने लगायतका जनस्वास्थ्यका मापदण्ड पालना गर्न समेत आग्रह गरिएको छ।