काठमाडौं- काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा दुई हजार ४४७ कोरोना संक्रमित थपिएका छन्।
विभिन्न प्रयोगशालाहरुमा पीसीआर विधिबाट गरिएको परीक्षणका क्रममा उपत्यकाका तीन जिल्लामा गरी दुई हजार ७४७ जनामा संक्रमण पुष्टि भएकाे हाे।
थपिएकामध्ये सबैभन्दा धेरै काठमाडौंका एक हजार ७५२ सय रहेका छन्। यस्तै, भक्तपुरमा २९५ र ललितपुरमा ४०० संक्रमित थपिएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
यसैगरी, मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा गरिएको २३ हजार २२६ जनाको पिसिआर र ८७३ जनाको एन्टीजेन परीक्षणमा ८ हजार ६०७ जनामा संक्रमण भेटिएको हो। पिसिआर विधिबाट ८ हजार ४०७ र एन्टीजेन विधिबाट २०० जना संक्रमित पुष्टि भएका हुन्।
यस्तै, पछिल्लो २४ घण्टामा नेपालमा थप १७७ जना संक्रमितको मृत्यु भएको छ। हालसम्म नेपालमा ६ हजार २४ जना संक्रमितको मृत्यु भएको छ।
आज देशभर ७ हजार ८९० जना संक्रमित निको भएका छन्। देशभर ९१२ जना व्यक्ति क्वारेन्टाइनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।