काठमाडौं - हेल्थ फाउण्डेसन नेपालले होम आइसोलेसनमा रहेका कोरोना संक्रमितहरुका लागि निशुल्क कोभिड १९ टेली हेल्थ सेवा सुरु गरेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य सेवा विभागको समन्वयमा फाउण्डेसनले टेली हेल्थ सेवा सुरु गरेको हो। ५० जना अनुभवी तथा तालिम प्राप्त चिकित्सकहरुले दैनिक होम आइसोलेसनमा रहेका कोरोना संक्रमितहरुलाई परामर्श दिने गरेका छन्।
कोभिडका बिरामी र ज्वरो, खोकी लागेमा, ज्यान दुखेमा, श्वास फेर्न गाह्रो भएमा, घाँटी दुखेमा वा अन्य समस्या भएर ९८८६०४९९१० मा फोन गरेर परामर्श लिन सकिने फाउण्डेसनले जनाएको छ। कुन औषधि खाने, कस्तो अवस्थामा अस्पताल जाने, घरमा बस्दा के के कुरामा ध्यान दिने र अपनाउनुपर्ने जनस्वास्थ्यका मापदण्डका बारेमा चिकित्सकसँग कुरा गर्न सकिन्छ।
नि:शुल्क टेली हेल्थ सेवाका लागि डा हरि न्यौपाने र निरज न्यौपाने लगायत टिमले संयोजन गरेका छन्।