अछाम- नेपाल विद्यार्थी संघ अछामको पहलमा कोरोना कहरमा अछाम जिल्लामा अस्पतालमा भर्ना भएका बिरामीलाई खाजा वितरण भइरहेको छ। जिल्लाभर निषेधाज्ञा भएका बेला खाजाका लागि बिरामीसंग विकल्प नभएकाले नेविसंघ अछामले दैनिक खाजा प्रदान गरिरहेको हो।
जिल्लाको बयालपाटा अस्पतालमा भर्ना भएका बिरामी र कोरोना संक्रमित बिरामीलाई संघले खाजा वितरण गरिरहेको नेविसंघ अछामका जिल्ला सदस्य उमेश कुँवरले बताए। नेविसंघ अछामले सेन्टर फर डिमोक्रेटिक इन्जिनियर्स (सिडेन)संग सहकार्य गरेर पौष्टिक खाजा वितरण सुरु गरेको कुँवरले जानकारी दिए।
खाजा वितरण कार्यमा अन्य सहयोगी हातहरु पनि थपिइरहेको छ, उनले भने, हामीले उठेको रकमबाट पारदर्शी रुपमा खाजा वितरण कार्य अगाडि बढाइरहेका छौं।
बिरामी तथा उनीहरुका आफन्तका लागि खाजा खान बाहि कुनै पसल नखुलेका कारण उनीहरुको भोक मेटाउन र पौष्टिक आहार पुगोस भनेर खाजा कार्यक्रम चलाइएको उनले बताए।
अस्पतालमा उपचाररत कोरोना संक्रमितलाई प्रसस्त मात्रमा पौष्टिक खानेकुराको आवश्यक पर्ने हुदाँ यस्तो महामारीका बेला अस्पताल नजीक खानेकुरा पाउन मुस्किल छ बयालपाटा अस्पतालका मेडिकल निर्देशक डामन्दीप पाठकले भने उहाँहरुको अभियानले बिरामी र उनका आफन्तलाई ठुलो राहत मिलेको छ।
नेविसंघ र सिडेन अछामका कारण हामीले दैनिक भोक मेटाउन पाएका छौँ अस्पतालमा भर्ना भएकी एक बिरामीले भनिन् उहाँहरुको यो अभियानका लागि धेरै धेरै धन्यवाद छ।
जिल्ला सदस्य कुँवरकै योजनामा नेविसंघ अछामले खाजा वितरण अभियान थालनी गरेको संघका अध्यक्ष नृप साउँदले बताए।