काठमाडौं- बालाजु र इमाडोलमा रहेका गसणस्तरहीन स्यानिटाइजरमा प्रहरीले छापा मारेको छ। महानगरीय प्रहरी परिसर काठमाडौंले बालाजु औधोगिक क्षेत्रभित्र रहेको उत्सव डेट्रेरेजेन्ट एण्ड कस्मेटिक र महानगरीय प्रहरी अपराध महाशाखाले ललितपुर इमाडोलमा रहेको पर्सा नेपाल इन्डस्ट्रिज प्रालिमा छापा होनेको हो।
काठमाडौं परिसरका एसपी अशोक सिंहका अनुसार बालाजुको उक्त उद्योग र स्वयम्भूमा रहेको गोदामबाट ठूलो मात्रामा गुणस्तरहीन स्यानिटाइजर बरामद भएको छ।
उद्योगका सञ्चालक राकेश अग्रवाललाई नियन्त्रणमा लिइएको छ।
उता महाशाखाले पर्सा नेपाल इन्डस्ट्रिज प्रालिमा प्रहरीले छापा मारेर करिब ४० हजार लिटर गुणस्तरहीन स्यानिटाइजर बरामद गरेको छ।
सेनिटाइजरमा २२ प्रतिशतसम्म मानव स्वास्थ्यका लागि हानिकारक मिथानोल अल्कोहल प्रयोग गरेको पाइएपछि छापा मारिएको एसपी कृष्ण पंगेनीले बताए।
सञ्चालक आशिस प्याकुरेललाई पनि पक्राउ गरिएको छ। उक्त कम्पनीको दर्ता समेत अहिलेसम्म नभेटिएको प्रहरीको भनाइ छ।