काठमाडौं - मधेशी एशोसिएसन इन अमेरिका क्यालिफोर्नियाले रौतहट र धनुषामा विभिन्न स्वास्थ्य सामग्री वितरण गरेको छ।
एशोसिएसनले कोरोना महामारी न्यूनीकरणमा प्रयोग हुने विभिन्न स्वास्थ्य सामग्री वितरण गरेको हो। एशोसिएसनले जिल्ला स्वास्थ्य कार्यायलयलाई उपलब्ध हुने गरी स्वास्थ्य सामग्री प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवलाई हन्तारण गरेको छ।
केएन ९५ मास्क १५०, फेसशिल्ड २००, पिपिई ७०, फेसमास्का ३००, ह्याण्ड सेनिटाइजर १५० एमएलको ३००, स्प्रे पम्प ३ वटा, सेफ्टी गगल्स २००, अक्सिजन पाईप ४५ वटा हस्तान्तरण गरेको छ।
रौतहटकै चन्द्रपुर अस्थायी कोभिड अस्पताललाई भीटीएम विथ भीटीएम स्टीक २००, फेसशिल्ड १००, पिपिई ३० थान हन्तान्तरण गरिएको आयोजक संंस्था राष्ट्रिय अपांग संगठनका अध्यक्ष नितेश गुप्ताले जानकारी दिए।
यस्तै, धनुषाको जनकपुर अस्पताललाई फेसशिल्ड १००, पिपिई १००, ह्याण्ड सेनिटाइजर १००, स्प्रे पम्प दुई वटा, फेसमास्क २०० र सेफ्टी गगल्स १०० वटा हस्तान्तरण गरिएको छ।
कोरोना लगायत विभिन्न विपदको समयमा आगामी दिनमा पनि सहयोग गर्न तयार भएको एशोसिएसनका अध्यक्ष दिनेश शाहले बताए।