काठमाडौं- भरतपुर अस्पताल सुधार संघर्ष समिति गठन भएको छ। फर्मासिस्ट अजामिन ढकालको संयोजकत्वमा १५ सदस्यीय समिति गठन भएको हो।
अस्पताल अन्तर्गत फार्मेसी विभागका फर्मासिस्ट राइट म्यान इन राइट प्लेस भन्ने नाराका साथ आन्दोलनमा उत्रिरहेका फर्मासिस्टहरुका मागमा ऐक्वेवद्धता जनाउँदै समितिले अस्पताल सुधारका लागि माग उठाउने बताइएको छ।
समितिको प्रवक्तामा ओमकार सापकोटा छन्। सदस्यहरुमा डा प्रकाश चन्द, गणेश सापकोटा, विनोद पन्त, होमनाथ पौडेल, प्रभा ढकाल, प्रदिप पाठक, विजय पौडेल, अजय घिमिरे, हरिप्रसाद सापकोटा, नमराज अधिकारी, डा सफल अधिकारी, प्रभा अधिकारी र सुशील सिग्देल सदस्य छन्।
