मान्छेको काँधमा अक्सिजन हटेको हेर्न मन छ
सबैको काधमा अफिसब्याग बसेको हेर्न मन छ
खुल्ला बाटोमा कुदिरहेछ एम्बुलेन्स र सवबहान
यो बाटोमा जाम हुनेगरी गाडी गुडेको हेर्न मन छ
औषधि पसल हेर्दाहेर्दै थाकिसके यी आँखाहरू
फेरि त्यो चिया पसलमा गफ गरेको हेर्न मन छ
चाडवाड मनाउन पनि पाइएन यो महामारीले
कतै पोस्टरमा शुभविवाह लेखेको हेर्न मन छ
सबै भाग्छन् पर एकअर्कासँग डराउँछन् यहाँ
सँगै बसेर दश पन्ध्र जना बोलेको हेर्न मन छ
सबैले कोरोनालाई परास्त पारुन छ शुभकामना
अनी म जसरी नै खुलेर मुस्कुराएको हेर्न मन छ।