काठमाडौं- स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीले आगामी ४ हप्तामा कोरोना भाइरसको संक्रमणको दर क्रमश घट्दै जाने अवस्था देखिएको बताएका छन्।
स्वास्थ्य मन्त्रालयमा आज आयोजित भर्चुअल पत्रकार सम्मेलनमा उनले संक्रमणको दरलाई हेर्दा अबको ४ हप्तामा घट्दै जाने देखिएको जानकारी दिएका हुन्।
उनका अनुसार अहिले दैनिक औषतमा ८ हजार ३ सय संक्रमित थपिइरहेका छन्। उनले अझै पनि केही स्थानमा आवातजावत भइरहेको र केही कार्यालयहरु पनि खुलीरहेका कारण संक्रमणमा उल्लेख्य कमी नआएको बताए।
'अहिले देशभरमा १ लाख १५ हजारभन्दा बढी सक्रिय संक्रमित छन्' उनले भने 'संक्रमितको उपचारका साथै नियन्त्रणका लागि हामी लागिरहेका छौं। अहिलेको अवस्थालाई हेर्दा आगामी ४ हप्तामा संक्रमण क्रमश घट्दै जाने देखिन्छ।'
उनले सरकारले खोप खरिदलाई प्राथमिकता दिँदै आवश्यक प्रक्रिया अगाडि बढाइरहेको पनि जानकारी दिए।