काठमाडौं - नेपाल डेण्टल एशोसिएसनले दन्त स्वास्थ्य सेवाका लागि निशुल्क टोल फ्रि परामर्श सञ्चालन गरेको छ।
कोभिड १९ महामारी र निषेधाज्ञाका कारण दन्त स्वास्थ्य प्रभावित भएको भन्दै एशोसिएसनले दन्त चिकित्सकसँग परामर्श गर्न सकिने गरी निशुल्क टोल फ्रि सेवा सुरु गरेको हो।
अत्यावश्यक तथा आकस्मिक उपचार आवश्यक रहेका र दाँत तथा मुख सम्बन्धी कुनै समस्या भए १६६००१०२२२३ मा सम्पर्क गर्न सकिने एशोसिएसनले जनाएको छ। दन्त चिकित्सकले बिरामीको समस्या अनुसार परामर्श र औषधि उपचारका लागि निशुल्क परामर्श दिनेछन्।