काठमाडौं– सरकारले कोभिड युनिफाइड केन्द्रीय अस्पताल (वीर अस्पताल)को प्रमुख प्रशासकीय अधिकारीमा डा जागेश्वर गौतमलाई नियुक्त गरेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा गौतमलाई सोमबार नियुक्त गरिएको मन्त्रालयका सहसचिव दामोदर रेग्मीले जानकारी दिए।
गौतमले मंगलबारदेखि जिम्मेवारी सम्हाल्ने छन्।
सरकारले हालै ल्याएको कोभिड-१९ संकट व्यवस्थापन अध्यादेशमा वीर अस्पताललाई केन्द्रीय कोभिड युनिफाइड अस्पताल बनाएको थियो।
उक्त अस्पताल मन्त्रालय माताहत सञ्चालन हुने छ।