काठमाडौं– कोरोना महामारीसँग जुध्न नेपाललाई सिंगापुरबाट स्वास्थ्य सामग्री सहयोग आएको छ।
टेमासेक फाउन्डेसनले लोटस लाइफ फाउन्डेसन र गोरखा ब्रुअरीको सहकार्यमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेको हो।
फाउन्डेसनले १ लाख २३ हजार थान पीसीआर टेस्ट किट, ४ हजार थान पल्स अक्सिमिटर, २ हजार ५६० थान आरएनए एक्स्ट्र्याक्सन किट,१५ थान टेलि भेन्टिलेटर, ५० थान बाइप्यान मेसिन, २ लाख ५५ हजार ७५० थान स्वाब किट, २ थान आरएनए एक्स्ट्र्याक्सन मेसिन र ६ थान भेन्टिलेटर सहयोग गरेको हो।