काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार दिउँसो चिनियाँ राष्ट्रपति सी चिनफिङसँग टेलिफोन संवाद गरी कोरोनाविरुद्धको खोप खरिदका लागि सहजीकरण गरिदिन आग्रह गरेकी छिन्।
कोरोना संक्रमण तीव्र बनेका बेला भारतबाट ल्याउने भनिएको खोप आपूर्ति हुन कठिन बनेपछि चीनतर्फबाट खोप आपूर्ति गर्नुपर्ने आवाज उठ्दै आएको छ।
राष्ट्रपति कार्यालयका अनुसार राष्ट्रपति भण्डारी र चिनियाँ समकक्षीबीच करिब आधा घण्टा संवाद भएको थियो।
राष्ट्रपति कार्यालयका एक अधिकारीले संवादबारे केही बेरमा परराष्ट्र मन्त्रालयले विज्ञप्तिमार्फत् जानकारी दिने बताए।