काठमाडाैं– नेपाली सेनाका सहायक रथी ( जर्नेल) दिनेशकुमार केसीको निधनकाे काेराेना संक्रमणका कारण निधन भएकाे छ।
सेनाको १३ नम्बर बाहिनी लगनखेलका बाहिनीपति केसीकाे संक्रमण देखिएपछि अस्पतालमा उपचाररत थिए।
केसीकाे वीरेन्द्र सैनिक अस्पताल छाउनीमा उपचारक क्रममा बिहीबार बिहान निधन भएको सैनिक सहायक रथी प्रवक्ता सन्तोष बल्लभ पौडेलले बताए।
कोरोना संक्रमण देखिएपछि करिब एक महिनाअघि देखि उपचाररत केसीलाई चार दिनअघि सैनिक अस्पतालमा भेन्टिलेटरमा राखिएको थियो । उनी काठमाडौंको न्युरोडका स्थानीय हुन् ।