काठमाडौं - नेपाल चिकित्सक संघले चिकित्सक तथा स्वास्थ्यकर्मीहरुका लागि दुई दिने तालिम सुरु गरेको छ।
विश्व स्वास्थ्य संगठन नेपाल, सोसाइटी अफ इन्टरनल मेडिसीन अफ नेपाल लगायत संस्थासँगको संयुक्त आयोजनामा संघले क्रिटिकल केयर ट्रेनिङ प्रोग्राम फर हेल्थकेयर वर्कर्स कोभिड १९ तालिम सुरु गरेको हो। उक्त तालिम भर्चुअल माध्यमबाट दिइएको छ।
फ्रन्टलाइनमा खटिएमा चिकित्सक तथा स्वास्थ्यकर्मीहरु पनि संक्रमित भइरहेको भन्दै संघले विपत्तिको अवस्थामा के कसरी सेवा दिन सकिन्छ भन्ने विषयमा तालिम दिइने संघले जनाएको छ।