काठमाडौं - कोभिड १९ का समयमा दन्त चिकित्सकहरुलाई अनुहारमा लागेको चोकपटकको व्यवस्थापन सम्बन्धि तालिम संचालन गरिएको छ।
स्वास्थ्य सेवा विभाग, उपचारात्मक महाशाखाले यस सम्बन्धि भरतपुरमा ३ दिने ह्याण्डस अन तालिम संचालन गरेको हो।
उपचारात्मक महाशाखाका आँखा, नाक, कान, घाँटी रर मुख स्वास्थ्य शाखा प्रमुख डा प्रकाश बुढाथोकीले देशभर अनुहारमा लाग्ने चोटपटकको गुणस्तरीय प्राथमिक व्यवस्थापन गर्न एकरुपता कायम गर्ने उदेश्यले तालिम संचालन गरिएको बताए।
जनस्वास्थ्यका मापदण्डसहित संचालित उक्त तालिममा भोजपुर,धनकुटा,केन्द्रिय कारागार, हेटौडा, भरतपुर, मध्यबिन्दु, स्याङजा, रसुवा, दमौली, चरिकोट, लुम्बिनी, दोलखा, नवलपुर, पोखरा, धनगढी, तौलिहवा,बकुलर,चौतारा तथा सेती अस्पतालका २९ जना डेण्टल सर्जनहरुको सहभागी भएको बुढाथोकीले जानकारी दिए।
उपचारात्मक महाशाखाले दाँत तथा मुखरोग रोकथाम तथा सरसफाईसम्बन्धि जागरुकता सिर्जना गर्ने उद्देश्यले विगत २ वर्षदेखि स्थानीयत तहमा अभिमुखीकरण गर्दै आएको बताए।
उनले अन्य तालिम भइरहेपनि अनुहारमा लागेको चोकपटकको उपचार कोभिडको समयमा कसरी गर्ने भनेर पहिलो पटक तालिम संचालन गरेको बताए।