काठमाडौं- समायोजन मिलान भई आएका ४७ जना स्वास्थ्यकर्मी मध्येलाई विरेन्द्रनगर नगरपालिकाले ३ जनालाई मात्र काजकाजमा लगाई बाँकिलाई एक् महिना बित्दा पनि कुनै कामकाजमा नखटाएको भन्दै नेपाल स्वास्थ्यकर्मी संघ, सुर्खेत शाखाले विरोध गरेको छ।
संघले कोभिड महामारीमा स्वास्थ्यकर्मीलाई कामकामबाट बन्चित गराई जनस्वास्थ्यमाथि खेलबाड गरिएको भन्दै तुरुन्त कामकाजमा खटाउने व्यवस्था मिलाउन स्वास्थ्य मन्त्रालय र विरेन्द्रनगर नगरपालिकासँग माग गरेको छ।
संघको सुर्खेत कार्यसमितिले आज एक प्रेस विज्ञप्ति जारी गर्दै विरेन्द्रनगर नगरपालिकाले समायोजन मिलानका आवश्यक सबै प्रक्रिया पुरा गरी नगरपालिकामा समायोजन मिलान भई आएका ४४ जना स्वास्थ्यकर्मीले हाजिर हुन पाउन भनि दिएको निवेदन गर्दा समेत गरि नियमित कामकाजमा नखटाएको र हालसम्म कुनै जिम्मेवारी नदिएको भन्दै आत्पति जनाएको छ।
‘स्वास्थ्य मन्त्रालयले लिखित रुपमा पटकपटक हाजिर गराई नियमित कामकाजमा खटाउन निर्देशन दिँदा र स्वास्थ्यकर्मीहरुले वैशाख २२ गते नियमित हाजिर गराई जिम्मेवारी तोकि पाउी संयुक्त निवेदन गराउँदा समेत करिब एक महिना हुँदा समेत काममा नखटाइएको प्रति नेपाल स्वास्थ्यकर्मी संघको ध्यानाकर्षण भएको छ,’ जारी विज्ञप्तिमा भनिएको छ।
नगरपालिकाका ९ वटा आधारभूत स्वास्थ्य केन्द्र, २ वटा शहरी स्वास्थ्य केन्द्र र २ वटा नगर स्वास्थ्य केन्द्रका अधिकाशं पदमा करारमा कर्मचारी राखि कामकाज गराएको पनि संघले जनाएको छ।
