काठमाडौं - सरकारी चिकित्क संघ(गोदान)ले भेरी अस्पतालको कोभिड आइसियु कक्षमा चिकित्सक तथा स्वास्थ्यकर्मी माथि हातगर्दै ज्यान मार्ने प्रयास गरेको भन्दै उक्त घटनाको भत्सर्ना गरेकाे छ।
गोदानका अध्यक्ष डाक्टर रविन खड्का र महासचिव डाक्टर कीर्तिपाल सुवेदीले आज प्रेस विज्ञप्ति जारी गर्दै कोभिड आइसियु कक्षमा तोडफोड गर्ने, उपचारमा बाधा पुर्याउने जस्ता कार्य अमानवीय भएको भन्दै संघको गम्भीर ध्यानाकर्षण भएको जनाएका छन्।
गोदानले चिकित्सक तथा स्वास्थ्यकर्मीको सुरक्षामा गम्भीर भई सम्बन्धित अपराधीलाई हदैसम्मको अपराध मुद्धा चलाई कडा कारबाही गर्न सरकारसँग माग गरेको छ।
गोदानले जेल 'विद आउथ विल' अर्थात गैर जमानती हिरासतको नियम तत्काल लागू गर्न सरकारलाई पुनः स्मरण गराएको छ।
