काठमाडौं- पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा आठ जना कोरोना संक्रमितको मृत्यु भएको छ। गएरातिदेखि हालसम्म आठ जना कोरोना संक्रमितको उपचारका क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ।
ज्यान गुमाउनेहरुमा सुत्केरी सहित, डायलाइसिस गरिरहेका, निमोनिया भएका, मधुमेहका बिरामीहरु समेत रहेको अस्पतालका निर्देशक डा भरतबहाुदर खत्रीले बताए। मृत्यु हुनेमा तनहुँका ३, पोखरा, स्याङजा, पर्वत, म्याग्दी र बागलुङका एक/एक जना छन्।
अक्सिजनको अभावले संक्रमितको मृत्यु भएको बिरामीका आफन्तले आरोप लगाएका छन्। तर अक्सिजनको अभावले मात्र उनीहरुको मृत्यु नभएको अस्पतालले जनाएको छ।
निर्देशक खत्रीले भने, ‘उनीहरुको अक्सिजनको अभावले मात्र मृत्यु भएको होइन। धेरैलाई निमोनिया भइसकेको थियो। डायलासिस गरिरहेका, मधुमेहका बिरामीहरु पनि थिए।’