काठमाडौं– नेपाल स्वास्थ्यकर्मी संघले भेरी अस्पतालमा चिकित्सक तथा स्वास्थ्यकर्मीमागि दुर्व्यवहार गर्नेलाई कारबाही गर्न माग गरेको छ।
संघले शुक्रबार एक विज्ञप्ति जारी गर्दै स्वास्थ्यकर्मी माथि हातपात तथा आक्रमण गर्नेलाई हदैसम्मको कारबाही गर्न माग गरेको हो।
संघले कोरोना महामारीमा स्वास्थ्यकर्मीहरु आफ्नो घर परिवारबाट समेत टाढा रहेर बिरामीको सेवामा खटिएको जनाएको छ।
महामारीमा अहोरात्र खटिएका स्वास्थ्यकर्मीको सुरक्षाको प्रत्याभुति गर्न पनि संघले सरकारसँग माग गरेको छ।
यस्तै कतिपय स्थानीय तहमा समायोज पछि हाजिरी समेत गर्न नदिई कामबाट वञ्चित गराएको भन्दै संघले स्वास्थ्यकर्मीलाई तुरुन्त हाजिरी गराई काममा खटाई जनतालाई स्वास्थ्य सेवा सहज रुपमा उपलब्ध गराउन समेत माग गरेको छ।
