काठमाडौं- चालु आर्थिक वर्षको पुससम्म देशमा २८ हजार ४७७ जना चिकित्सकहरु नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका छन्।
मेडिकल चिकित्सक तर्फ २४ हजार ८१४ र दन्त चिकित्सातर्फ ३ हजार ६६३ जना चिकित्सक काउन्सिलमा दर्ता भएका छन्।
सरकारले आज सार्वजनिक गरेको तंथ्यांक अनुसार आर्थिक वर्ष २०७६/७७ को तुलनामा चालु आर्थिकमा २ हजार १३१ जना बढी चिकित्सक काउन्सिलमा दर्ता भएका छन्।
मेडिकल चिकित्सा तर्फ १६ हजार ५५९ पुरुष र ८ हजार २५५ जना महिला, दन्त चिकित्सा तर्फ १ हजार ४३६ पुरुष र २ हजार २२७ जना महिला चिकित्सक काउन्सिलमा दर्ता भएका छन्।
आर्थिक वर्ष २०७६/७७ मा भने मेडिकल चिकित्सक तर्फ १५ हजार ४८५ पुरुष र ७ हजार ६६१ महिला, दन्त चिकित्सक तर्फ १ हजार ११८ पुरुष र २० हजार ८२ महिला चिकित्सक काउन्सिलमा दर्ता भएको मेडिकल काउन्सिलले जनाएको छ।