काठमाडौं- नेपालमा चालु आर्थिक वर्षको फागुनसम्ममा देशभरका विभिन्न्न स्वास्थय संख्थाबाट १ करोड ७२ लाख ७२ हजार ६८१ जना व्यक्तिले ओपिडी सेवा लिएका छन्। तीमध्ये ६ लाख ६१ हजार १९० जना बिरामी अस्पताल भर्ना भएर उपचार सेवा लिएका थिए। भने, ११ लाख ८९ हजार ८२७ जनाले अस्पतालमा आकस्मिक सेवा लिएका छन्।
शुक्रबार प्रकाशित आर्थिक सर्वेक्षण अनुसार गत आर्थिक वर्ष दोब्बर २ करोड ९२ लाख ५० हजार ५१९ व्यक्तिले ओपिडी सेवा लिएका थिए। गत वर्षदेखि कोरोना महामारीका कारण अस्पताल जाने बिरामीको संख्या कम भएको तंथ्याकले देखाएको छ।
सो समयमा अस्पतालमा १३ लाख ४९ हजार २०२ जना व्यक्ति अस्पताल भर्ना भएका थिए भने २३ लाख ७७ हजार ५७६ जना बिरामीले आकस्मिक सेवा लिएका थिए।
सर्वेक्षणमा उक्त आर्थिक वर्षमा सरकारी, निजी र सामुदायिक स्वास्थ्य संस्थाबाट ओपिडीमा ८८ दशमलव ७ र अन्तरङमा ४ दशमलव १ प्रतिशत बिरामीलाई सेवा प्रवाह भएको उल्लेख छ। त्यसैगरी, ७ दशमलव २ प्रतिशतले आकस्मिक उपचार सेवा पाएका थिए।