काठमाडौं– बजेट भाषण सुरुगर्नुअघि अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कोरोना संक्रमणबाट मृत्यु भएका प्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् ।
अर्थमन्त्री विष्णु पौडेलले प्रधानमन्त्री कार्यालय सिंहदरबारबाट आर्थिक वर्ष २०७८/७९ को बजेट सार्वजनिक अनुअघि कोरोनाबाट मृत्यु भएकाहरुप्रति श्रद्धाञ्ली व्यक्त गरेका हुन्।
मन्त्री पौडेलले कोरोना महामारीको दोस्रो लहरका कारण चूनौतीहरु थपिएको बताए।
उनले संक्रमणको जोखिम कायम रहने अवधि र प्रभाव एकिन नभएकाले संकटको समयमा प्रत्येक नेपालीको जीवनरक्षालाई सरकारले प्राथमिकता दिएको बताए।
उनले महामारीको विचमा पनि स्वास्थ्य सतर्कता अपनाउदै आर्थिक गतिविधिलाई निरन्तरता दिन प्रतिवद्ध रहेको पनि बताए।
संसद् विघटन भएकाले सरकारले अध्यादेश मार्फत आगामी आथिर्क वर्षका लागि बजेट ल्याएको हो।