काठमाडौं– आगामी आर्थिक वर्षको बजेटमा कोभिड– १९ संक्रमण रोकथाम नियन्त्रण र उपचारमा सरकारले प्राथमिकता दिएको छ।
अर्थमन्त्री विष्णु पौडेलले प्रधानमन्त्री कार्यालय सिंहदरबारबाट आर्थिक वर्ष २०७८÷७९ को बजेट सार्वजनिक गर्दै कोरोना महामारीको रोकथाम नियन्त्रण र उपचारको भरपर्दो व्यवस्था गरी सबै नेपालीको जीवनरक्षा गर्न सरकार प्रतिवद्ध रहेको बताए । उनले कोरोनाको जोखिम न्युनिकरण गर्न सम्पूर्ण सामाथ्य सहित उपलब्ध सबै सम्भावनाको उपयोग गर्न बजेट केन्द्रित गरेको पनि बताए।
अर्थ मन्त्री पौडेलले कोभिड–१९ को रोकथाम नियन्त्रण, उपचार र खोपको सुनिश्चितताका लागि बजेट अभाव हुन नदिने पनि बताए।
उनले सबै सरकारी प्रयोगशाला र अस्पतालमा कोरोना परीक्षण र उपचार निशुल्क हुने व्यवस्था मिलाइएको पनि जाकारी दिए।
यस्तै कोरोना संक्रमितको उपचारमा अक्सिजन अभाव हुन नदिने अर्थ मन्त्री पौडेलको भनाइ छ।
उनले एकसय शय्याभन्दा बढी क्षमताका सबै अस्पतालमा अनिवार्य अक्सिजन प्लान्ट जडान गर्नुपर्ने व्यवस्था गरिएको बताए।