काठमाडौं– सरकारले आइसीयू, एचडियु, भेन्टिलेटर,टेष्ट किट लगायतका आवश्यक उपकरण खरिद गर्न ४ अर्व विनियोजन गरेको छ।
अर्थमन्त्री विष्णु पौडेलले प्रधानमन्त्री कार्यालय सिंहदरबारबाट आर्थिक वर्ष २०७८/७९ को बजेट सार्वजनिक गर्दै कोभिड–१९ का बिरामीका लागि आवश्यक पर्ने आइसीयू, एचडीयू, भेन्टिलेटर,टेष्ट किट लगायतका आवश्यक उपकरण खरिद गर्न ४ अर्व विनियोजन गरेको जानकारी दिएका हुन्।
सरकारले कोरोना रोकथाम नियन्त्रण तथा संक्रमतिको उपचार व्यवस्थापनलाई आथामी आर्थिक वर्षको बजेटमा विशेष प्राथमिकता दिएको जनाएको छ।
संसद् विघटन भएकाले सरकारले अध्यादेश मार्फत आगामी आथिर्क वर्षका लागि बजेट ल्याएको हो।