काठमाडौं - सरकारले कान्ति बाल अस्पतालको पूर्वाधार निर्माणका लागि ३४ करोड बजेट बिनियोजन गरेको छ।
आर्थिक वर्ष २०७८/७९ को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आइसीयू वार्ड लगायत पूर्वाधार निर्माणका लागि ३४ करोड बजेट बिनियोजन गरेको बताए।
साथै शहिद गंगालाल ह्रयद रोग केन्द्रको सेवा विस्तार गरी बाल मुटुरोग युनिट सञ्चालन एवं अपरेशन थिएटर स्तरोन्नति गर्न ५८ करोड समेत बिनियोजन गरेको उनले बताए।