काठमाडौं - सरकारले महिला स्वास्थ्य स्वयंसेविकाले पाउँदै आएको यातायात खर्च शतप्रतिशतले वृद्धि गरेको छ।
शनिबार अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०७८/७९ को बजेट सार्वजनिक गर्दै महिला स्वास्थ्य स्वयंसेविकाले पाउँदै आएको यातायात खर्च शतप्रतिशतले वृद्धि गरेको बताए।
देशभर रहेका ५२ हजार महिला स्वास्थ्य स्वयंसेविकाले पाउँदै आएको यातायात खर्च १२ हजार पुर्याइएको उनले बताए।