काठमाडौं - देशभर हाल २ हजार ७१ जना कोरोना संक्रमित अस्पतालको आइसीयू र भेन्टिलेटरमा छन्। १ हजार ६ सय १४ आइसीयू र ४५७ जना संक्रमित भेन्टिलेटरमा उपचाररत रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यसअघि शुक्रबार २ हजार ७७ जना संक्रमित आइसीयू र भेन्टिलेटरमा थिए।
प्रदेश १ मा २३३ आइसीयू र ५८ भेन्टिलेटरमा, प्रदेश २ मा १५७ आइसीयू र ४० जना भेन्टिलेटरमा छन्। बागमती प्रदेशमा ७७५ आइसीयू र २९३ जना भेन्टिलेटरमा छन्।
गण्डकी प्रदेशमा १७४ जना आइसीयू र ३६ जना भेन्टिलेटरमा, लुम्बिनी प्रदेशमा १७४ जना आइसीयू र १९ जना भेन्टिलेटरमा, कर्णालीमा ५० जना आइसीयू र २ जना भेन्टिलेटरमा, सुदूरपश्चिम प्रदेशमा ५१ जना आइसीयू र ९ जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ।
कोरोनाको उपचार हुने काठमाडौं उपत्यकाको अस्पतालमा ६१५ जना संक्रमित आइसीयू र भेन्टिलेटरमा छन्।
शसस्त्र प्रहरी बल अस्पताल बलम्बुमा २० आइसीयू र ९ भेन्टिलेटरमा, श्री वीरेन्द्र अस्पताल छाउनीमा २० जना आइसीयू र ८ भेन्टिलेटरमा, वीर अस्पतालमा १३ आइसीयू र ३ भेन्टिलेटरमा, नेपाल प्रहरी अस्पतालमा २९ आइसीयू र १९ भेन्टिलेटरमा छन्।
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा २४ जना आइसीयू र १७ भेन्टिलेटरमा, त्रिवि शिक्षण अस्पतालमा ४७ आइसीयू र २६ भेन्टिलेटरमा, पाटन अस्पतालमा २४ आइसीयू र ११ भेन्टिलेटरमा छन्।
यस्तै निजामती कर्मचारी अस्पतालमा १५ जना आइसीयू र २ भेन्टिलेटरमा, भक्तपुर अस्पतालमा ५ आइसीयू र २ भेन्टिलेटरमा, राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र कीर्तिपुरमा ११९ जना आइसोेलेसनमा छन्।
ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा १७ आइसीयू र ७ भेन्टिलेटरमा, ह्याम्स अस्पतालमा १९ जना आइसीयू र १३ जना भेन्टिलेटरमा, नेपाल मेडिसिटी अस्पतालमा ७६ आइसीयू र ३५ भेन्टिलेटरमा, स्टार अस्पतालमा १२ आइसीयू र ४ भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ।
मनमोहन अस्पतालमा १५ आइसीयू र ३ भेन्टिलेटरमा, नेपाल मेकिडल कलेज शिक्षण अस्पतालमा १७ आइसीयू र ३ भेन्टिलेटरमा, काठमाडौं मेडिकल शिक्षण अस्पतालमा ११ आइसीयू र ५ भेन्टिलेटरमा, किस्ट अस्पतालमा १८ आइसीयू र ८ भेन्टिलेटरमा, धुलिखेल अस्पतालमा ५० आइसीयू र ८ भेन्टिलेटरमा छन्।