काठमाडौं- सरकारले जटिल तथा घातक रोगको उपचारका लागि विदेश जानु पर्ने अवस्था अन्त्य गर्न काठमाडौंको कीर्तिपुर सुपरस्पेस्यालिटी अस्पताल निर्माण गर्ने भएको छ।
अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै स्वदेशमा अन्र्तराष्ट्रिय स्तरको सेवा सुनिश्चित गर्न त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान संस्थान अन्र्तगत नेफ्रोलोजी, युरोलोजी, न्युरोलोजी, कार्डियोलोजी, कार्डियोसर्जरी, स्पाइनल सर्जरी, पल्मोनोलोजि, ग्यास्ट्रोइन्फ्रोलोजि र ग्यास्ट्रोसर्जरी लगायतको विशिष्टकृत सेवा, रोगको निदान र अध्ययनका लागि १ हजार ५०० शय्याको अत्याधुनिक सुपरस्पेस्यालिटी आगामी तीन वर्षभित्र निर्माण गरी संचालनमा ल्याइने बताए।