काठमाडौं - सरकारले प्रत्येक शैक्षिक सत्रको सुरुमा सबै विद्यार्थीको आधारभूत स्वास्थ्य परीक्षण गर्ने व्यवस्था गरेको छ।
शनिबार अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०७८/७९ को बजेट सार्वजनिक गर्दै प्रत्येक शैक्षिक सत्रको सुरुमा सबै विद्यार्थीको अनिवार्य रुपमा आँखा, कान लगायत आधारभूम स्वास्थ्य परीक्षण गर्ने व्यवस्था कार्यान्वयन गरिने बताए।
एक विद्यालय एक स्वास्थ्यकर्मीको नीति अवलम्बन गरी स्वास्थ्य सचेतना समेत वृद्धि गरिने अर्थमन्त्री पौडेलले बताएका छन्।