काठमाडौं- सबै जिल्ला अस्पतालमा प्रसुति तथा नवजात शिशु स्याहार सेवा संचालनमा ल्याइने बताईएको छ।
अर्थ मन्त्री विष्णु पाैडेलले स्वास्थ्यमा सुधार ल्याउन सरकारले आगामी आर्थिक वर्षको बजेटमा हुम्ला,डोल्पा, मुगु बझाङ लगायतका दुर्गम जिल्लामा २० जिल्लामा प्रसूति समय अघिको स्वास्थ्य जाँच र औषधि सहित मातृ प्रतिक्षालय गृह स्थापना गरिने बताए।
विराटनगर, वीरगन्ज, बुटबल र धनगढी लगायतका जिल्लामा निसन्तान दम्पतीका लागि आइभिइफ (टेस्टट्युब बेबी) सेवा संचालन गरिने बताइएको छ।