काठमाडौं - अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रदेश २ को बर्दिवास र कर्णाली प्रदेशको सुर्खेतमा मेडिकल कलेज स्थापनाका विस्तृत परियोजना प्रतिवेदन तयार गरिने बताएका छन्।
शनिबार अर्थमन्त्री पौडेलले आर्थिक वर्ष २०७८/७९ को बजेट सार्वजनिक गर्दै मेडिकल कलेज स्थापनाका लागि जग्गा प्राप्ति र विस्तृत परियोजना प्रतिवेदन तयारी गरिने बताए।
आगामी दुई वर्ष भित्र योगमाया आयुर्वेद विश्वविद्यालय सञ्चालनमा ल्याइने उनले बताए। आगामी दुई वर्ष भित्र सञ्चालन हुने गरी भौतिक पूर्वाधारका लागि बजेट बिनियोजन गरेको उनले बताए।