काठमाडौं- कोरोना महामारीका कारण विद्यालय बन्द भएपछि विद्यालय नर्सलाई विभिन्न अस्पताल र आइसोलेसन सेन्टरमा खटाइएको छ।
नेपाल हालसम्म ८ सय बढीको संख्यामा विद्यालय नर्स छन्। स्थानीय तह अन्तर्गत रहेका उनीहरुलाई आवश्यकता अनुसार अस्पताल र आइसोलेसनमा संक्रमितको हेरचाह र उपचारका लागि खटाइएको छ।
कोरोना संक्रमितको उपचारमा विद्यालय नर्सलाई खटाएपछि काम गर्न सजिलो होस् भनेर स्वास्थ्य सेवा विभाग,नर्सिङ तथा सामजिक सुरक्षा महाशाखाले चरणवद्ध रुपमा तालिम सञ्चालन गरिरहेको छ।
महाशाखाले संत्रमितको हेरचाह गर्ने, अक्सिजन स्याचुरेसन, पोन थेरापीलगायत कसरी गर्ने, साइकोसोसियल काउन्सिलिङ, होम आइसोलेसनमा रहेका संक्रमितलाई कसरी परार्मश दिने भन्नेबारे तालिम दिइरहेको छ।
नर्सिङ तथा सामजिक सुरक्षा महाशाखाकी प्रमुख रोशनीलक्ष्मी तुइतुईले गत आइतबारदेखि भर्चुअल रुपमा तालिम सञ्चालन गरेको बताइन्। उनले चार समूहमा तालिम सञ्चालन हुने बताइन्।
एक ग्रुपलाई तीन दिनको तालिम सञ्चालन गरिएको छ। दुई समूहलाई तालिम दिइसकेको र आज देखि तेस्रो समुहको तालिम सञ्चालन हुने बताइएको छ।