काठमाडौं - देशभर हाल १ हजार ९ सय ५२ जना कोरोना संक्रमित अस्पतालको आइसीयू र भेन्टिलेटरमा छन्। १ हजार ५ सय ४५ आइसीयू र ४०७ जना संक्रमित भेन्टिलेटरमा उपचाररत रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यसअघि शनिबार २ हजार ७१ जना संक्रमित आइसीयू र भेन्टिलेटरमा थिए।
प्रदेश १ मा २३७ आइसीयू र ४८ भेन्टिलेटरमा, प्रदेश २ मा १४४ आइसीयू र ३२ जना भेन्टिलेटरमा छन्। बागमती प्रदेशमा ७२० आइसीयू र २५८ जना भेन्टिलेटरमा छन्।
गण्डकी प्रदेशमा १६६ जना आइसीयू र ३१ जना भेन्टिलेटरमा, लुम्बिनी प्रदेशमा १८३ जना आइसीयू र २१ जना भेन्टिलेटरमा, कर्णालीमा ५० जना आइसीयू र ५ जना भेन्टिलेटरमा, सुदूरपश्चिम प्रदेशमा ४५ जना आइसीयू र १२ जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ।
कोरोनाको उपचार हुने काठमाडौं उपत्यकाको अस्पतालमा ५९६ जना संक्रमित आइसीयू र भेन्टिलेटरमा छन्।
शसस्त्र प्रहरी बल अस्पताल बलम्बुमा २० आइसीयू र ९ भेन्टिलेटरमा, श्री वीरेन्द्र अस्पताल छाउनीमा २० जना आइसीयू र ६ भेन्टिलेटरमा, वीर अस्पतालमा १४ आइसीयू र ४ भेन्टिलेटरमा, नेपाल प्रहरी अस्पतालमा ३० आइसीयू र २० भेन्टिलेटरमा छन्।
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा २४ जना आइसीयू र १७ भेन्टिलेटरमा, त्रिवि शिक्षण अस्पतालमा ४२ आइसीयू र २२ भेन्टिलेटरमा, पाटन अस्पतालमा २६ आइसीयू र ११ भेन्टिलेटरमा छन्।
यस्तै निजामती कर्मचारी अस्पतालमा १५ जना आइसीयू र २ भेन्टिलेटरमा, भक्तपुर अस्पतालमा ६ आइसीयू र २ भेन्टिलेटरमा, राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र कीर्तिपुरमा १०४ जना आइसोेलेसनमा छन्।
ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा १७ आइसीयू र ७ भेन्टिलेटरमा, ह्याम्स अस्पतालमा २० जना आइसीयू र १४ जना भेन्टिलेटरमा, नेपाल मेडिसिटी अस्पतालमा ६३ आइसीयू र ३० भेन्टिलेटरमा, स्टार अस्पतालमा १२ आइसीयू र ५ भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ।
मनमोहन अस्पतालमा १६ आइसीयू र ४ भेन्टिलेटरमा, नेपाल मेकिडल कलेज शिक्षण अस्पतालमा १७ आइसीयू र ३ भेन्टिलेटरमा, काठमाडौं मेडिकल शिक्षण अस्पतालमा ११ आइसीयू र ५ भेन्टिलेटरमा, किस्ट अस्पतालमा ९ आइसीयू र १ भेन्टिलेटरमा, धुलिखेल अस्पतालमा ५० आइसीयू र ८ भेन्टिलेटरमा छन्।