काठमाडौं– काठमाडौं मोडल कलेज (केएमसी) पूर्व विद्यार्थी संघको स्वास्थ्य विभागले कोरोना संक्रमित कोभिड अनकल निशुल्क सेवा सुरु गरेको छ।
अस्पताल गएर सेवा लिन नसकेका कोरोना संक्रमित तथा अन्य रोगका बिरामीहरुका लागि समेत हुने गरि कोभिड अन कल निःशुल्क सेवा सुरु गरेको हो।
'घरमै बसी सुरक्षित रहँदै, केही समस्या परे सम्झिन' आग्रह गर्दै यो सेवा ल्याइएको संघको स्वास्थ्य विभागकी अध्यक्ष एवं नर्सिङ अफिसर विप्सना श्रेष्ठले जानकारी दिइन् ।
उनीहरुले एप लिंक मार्फत कोभिड अनकल नि:शुल्क सेवा दिन लागेका हुन् ।
उक्त एप लिंकबाट विभिन्न क्षेत्रका विभिन्न अस्पतालमा रहेका ५० जना भन्दा बढि अनुभवी चिकित्सक एवं स्वास्थ्यकर्मीद्वारा कुन औषधि खाने? घरमा बस्दा के के कुरामा ध्यान दिने? कस्ता स्वास्थ्यका मापदण्डहरु अवलम्बन गर्ने? कस्तो अवस्थामा अस्पताल जाने? जस्ता जिज्ञासाहरुको सहि समाधान पाउन सकिने उनले बताइन्।
निःशुल्क कोभिड अन कल सेवालाई प्रभाकारी बनाउन डाअच्युत शाली घिमिरे, सन्दिप अधिकारी लगायतको टिमले संयोजन गरिरहेका छन्।
कसरी लिने कोभिड अनकल सेवा?
१. चिकित्सक र अन्य स्वास्थ्यकर्मीहरुलाई उनीहरुले दिएको समयमा फोन नं मा सिधा सम्पर्क गर्नुहोस्।
२. कोभिड जन्य लक्ष्ण देखिएमा घरमा गर्न सकिने सामान्य उपचार र जटिल भएमा कुन अस्पताल जाने बारेमा जानकारी पाउनुहोस्।
३. कोभिड बाहेकका नियमित विशेषज्ञ,जेनरल,आयुर्वेद,डेन्टल र नर्सिङ स्वास्थ्यकर्मी बाट सेवा सुविधा घरमा नै पाउनुहोस्।
४. लकडाउनको बेला हुने सक्ने मानसिक समस्याका लागि समेत उचित परामर्श र समाधान पाउनुहोस्।
५. हस्पिटलमा रहेको बेड र आइसीयूको बारेमा जानकारी पाउनुहोस्।
६. नेपालमा कोभिडको नयाँ अपडेट निको हुने संख्या र संक्रमित हुने संख्या थाहा पाउनुहोस्।
७. कोरोना खोपका लागि फारम भर्नुहोस्।
८. अस्पताल र एम्बुलेन्सको नम्बर पाउनुहोस्।
९. विज्ञको सहि सुझाव पाउनुहोस्।
१०. अन्य कोभिड जन्य जानकारी समेत सजिलै पाउनुहोस्।