काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई वान हर्ट वर्ल्डवाइड नेपालले स्वास्थ्य सामग्री सहयोग गरेको छ।
स्वाथ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीलाई उक्त स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको हो।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा कृष्ण प्रसाद पौडेलले एक विज्ञप्ती मार्फत स्वास्थ्य मन्त्रालयलाई स्वास्थ्य सामग्री सहयोग प्राप्त भएको जानकारी दिएका हुन्।
उक्त संस्थाले स्वास्थ्य मन्त्रालयले अक्सिजन कन्सन्ट्रेटर ३५०, केएन ९५ मास्कलाई एक लाख, फेससिल्ड ३४ हजार, भेन्टिलेटर पार्टस् १ थान,पोष्टमार्टम ब्याग १००, डिजिटल ओरल थर्मोमिटर १५, मेडिकल टेन्ट १५ थान तथा फार्मास्युटिकल प्रोडक्स तथा अन्य क्रिटिकल केयरका लागि मेडिकल उपकरण सहयोग गरेको हो।