काठमाडौं - देशभर हाल १ हजार ९ सय १६ जना कोरोना संक्रमित अस्पतालको आइसीयू र भेन्टिलेटरमा छन्। १ हजार ४ सय ९२ आइसीयू र ४२४ जना संक्रमित भेन्टिलेटरमा उपचाररत रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यसअघि सोमबार १ हजार ९ सय ५२ जना संक्रमित आइसीयू र भेन्टिलेटरमा थिए।
प्रदेश १ मा २२७ आइसीयू र ६३ भेन्टिलेटरमा, प्रदेश २ मा १२६ आइसीयू र २८ जना भेन्टिलेटरमा छन्। बागमती प्रदेशमा ७४४ आइसीयू र २६५ जना भेन्टिलेटरमा छन्।
गण्डकी प्रदेशमा १५२ जना आइसीयू र ३१ जना भेन्टिलेटरमा, लुम्बिनी प्रदेशमा १५२ जना आइसीयू र २३ जना भेन्टिलेटरमा, कर्णालीमा ५१ जना आइसीयू र ५ जना भेन्टिलेटरमा, सुदूरपश्चिम प्रदेशमा ४० जना आइसीयू र ९ जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ।
कोरोनाको उपचार हुने काठमाडौं उपत्यकाको अस्पतालमा ६१३ जना संक्रमित आइसीयू र भेन्टिलेटरमा छन्।
शसस्त्र प्रहरी बल अस्पताल बलम्बुमा २० आइसीयू र ९ भेन्टिलेटरमा, श्री वीरेन्द्र अस्पताल छाउनीमा २० जना आइसीयू र ७ भेन्टिलेटरमा, वीर अस्पतालमा १४ आइसीयू र ३ भेन्टिलेटरमा, नेपाल प्रहरी अस्पतालमा ३० आइसीयू र २० भेन्टिलेटरमा छन्।
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा २४ जना आइसीयू र १७ भेन्टिलेटरमा, त्रिवि शिक्षण अस्पतालमा ४३ आइसीयू र २१ भेन्टिलेटरमा, पाटन अस्पतालमा २१ आइसीयू र ११ भेन्टिलेटरमा छन्।
यस्तै निजामती कर्मचारी अस्पतालमा १५ जना आइसीयू र १ भेन्टिलेटरमा, भक्तपुर अस्पतालमा ६ आइसीयू र २ भेन्टिलेटरमा, राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र कीर्तिपुरमा १०२ जना आइसोेलेसनमा छन्।
ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा १७ आइसीयू र ६ भेन्टिलेटरमा, ह्याम्स अस्पतालमा २० जना आइसीयू र १४ जना भेन्टिलेटरमा, नेपाल मेडिसिटी अस्पतालमा ६३ आइसीयू र ३० भेन्टिलेटरमा, स्टार अस्पतालमा १४ आइसीयू र ५ भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ।
मनमोहन अस्पतालमा १५ आइसीयू र ४ भेन्टिलेटरमा, नेपाल मेकिडल कलेज शिक्षण अस्पतालमा १८ आइसीयू र ३ भेन्टिलेटरमा, काठमाडौं मेडिकल शिक्षण अस्पतालमा १८ आइसीयू र ७ भेन्टिलेटरमा, किस्ट अस्पतालमा १६ आइसीयू र ७ भेन्टिलेटरमा, नेपाल कोरिया मैत्री अस्पतालमा ५ आइसीयु र ३ जना भेन्टिलेटरमा र धुलिखेल अस्पतालमा ५० आइसीयू र ८ भेन्टिलेटरमा छन्।