काठमाडौं- चीनको सांघाइमा रहेको स्वास्थ्य सामाग्री कम्पनी अज एस्किलपियसले उपलब्ध गराएको सय थान हाइड्रोजन अक्सिजन जेनेरेटर बुधबार चिनिया कम्युनिष्ट पार्टी मार्फत नेपाल भित्रिएको छ।
कोरोना महामारीको नियन्त्रणका लागि चिनियाँ कम्युनिष्ट पार्टीको आग्रहमा अज एस्किलपियस कम्पनीले ती जेनेरेटर नेपाल पठाएको हो।
कम्पनीका प्रमुख लिन हसिन्याङ्गले सय थान हाइड्रोजन अक्सिजन जेनेरेटर नेपाल पठाइसकिएको जानकारी दिए।
गत जेठ १२ गते (मे २६) का दिन चिनियाँ कम्युनिष्ट पार्टीले आयोजना गरेको नेपालका सबै राजनीतिक पार्टीका मुख्य नेता सम्मिलित सर्वदलिय जुम बैठकमा कम्पनीका प्रमुख लिन हसिन्याङ्गलले यस्तो महामारीको बेलामा नेपाललाई सहयोग उपलब्ध गराउन पाएकोमा खुसी व्यक्त गरे। उनले हज्यो किष्लनरंग टेक्नोलोजी गु्रप कम्पनीले पनि नेपाललाई ६ लाख एन नाइन्टी फाइब मास्क उपलब्ध गराएको जनाएका छन्।