काठमाडौं- बंगलादेशले एमबिबिएस अध्ययनरत नेपाली विद्यार्थीलाई आफ्नो देशमा प्रवेश दिने निर्णय गरेको छ। बंगलादेशले जुन र जुलाईमा हुन लागेको परीक्षाका लागि विदेशी विद्यार्थीलाई प्रवेश दिने निर्णय गरेको हो।
परीक्षामा सहभागी हुन विद्यार्थीलाई कलेजको कागजपत्र, पासपोर्ट र नेपाली फोन नम्बर सहित दूतावासमा इमेल गर्न भनिएको छ। ढकामा पुगेपछि क्वारेन्टाइनका प्रक्रिया भने विद्यार्थीले पालना गर्नु पर्ने हुन्छ।
कोभिड संक्रमणका कारण बंगलादेशले प्रवेशमा रोक लगाएको छ।
