काठमाडौं - देशभर हाल १ हजार ८ सय ३५ जना कोरोना संक्रमित अस्पतालको आइसीयू र भेन्टिलेटरमा छन्। १ हजार ४ सय ५१ आइसीयू र ३८४ जना संक्रमित भेन्टिलेटरमा उपचाररत रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यसअघि शुक्रबार १ हजार ८ सय २६ संक्रमित आइसीयू र भेन्टिलेटरमा थिए।
प्रदेश १ मा २१३ आइसीयू र ५२ भेन्टिलेटरमा, प्रदेश २ मा १०७ आइसीयू र २३ जना भेन्टिलेटरमा छन्। बागमती प्रदेशमा ७५५ आइसीयू र २४३ जना भेन्टिलेटरमा छन्।
गण्डकी प्रदेशमा १३८ जना आइसीयू र २३ जना भेन्टिलेटरमा, लुम्बिनी प्रदेशमा १५६ जना आइसीयू र २३ जना भेन्टिलेटरमा, कर्णालीमा ५० जना आइसीयू र ६ जना भेन्टिलेटरमा, सुदूरपश्चिम प्रदेशमा ३२ जना आइसीयू र ९ जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ।
कोरोनाको उपचार हुने काठमाडौं उपत्यकाको अस्पतालमा ५७९ जना संक्रमित आइसीयू र भेन्टिलेटरमा छन्।
शसस्त्र प्रहरी बल अस्पताल बलम्बुमा २० आइसीयू र ९ भेन्टिलेटरमा, श्री वीरेन्द्र अस्पताल छाउनीमा २० जना आइसीयू र ४ भेन्टिलेटरमा, वीर अस्पतालमा १८ आइसीयू र ६ भेन्टिलेटरमा, राष्ट्रिय ट्रमा सेन्टरमा ८ आइसीयू र ५ भेन्टिलेटरमा, नेपाल प्रहरी अस्पतालमा ३० आइसीयू र २० भेन्टिलेटरमा छन्।
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा २५ जना आइसीयू र २० भेन्टिलेटरमा, त्रिवि शिक्षण अस्पतालमा ५० आइसीयू र १३ भेन्टिलेटरमा, पाटन अस्पतालमा २४ आइसीयू र १३ भेन्टिलेटरमा छन्।
यस्तै निजामती कर्मचारी अस्पतालमा ५ जना आइसीयू र २ भेन्टिलेटरमा, भक्तपुर अस्पतालमा ६ आइसीयू र १ भेन्टिलेटरमा, राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र कीर्तिपुरमा ८१ जना आइसोेलेसनमा छन्।
ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा १६ आइसीयू र ४ भेन्टिलेटरमा, ह्याम्स अस्पतालमा २० जना आइसीयू र १३ जना भेन्टिलेटरमा, नेपाल मेडिसिटी अस्पतालमा ६२ आइसीयू र २९ भेन्टिलेटरमा, स्टार अस्पतालमा ८ आइसीयू र २ भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ।
मनमोहन अस्पतालमा ५ आइसीयू र २ भेन्टिलेटरमा, नेपाल मेकिडल कलेज शिक्षण अस्पतालमा १५ आइसीयू र ३ भेन्टिलेटरमा, काठमाडौं मेडिकल शिक्षण अस्पतालमा १० आइसीयू र २ भेन्टिलेटरमा, किस्ट अस्पतालमा ११ आइसीयू र ४ भेन्टिलेटरमा, नेपाल कोरिया मैत्री अस्पतालमा ४ आइसीयु र ४ भेन्टिलेटरमा र धुलिखेल अस्पतालमा ६० आइसीयू र ६ भेन्टिलेटरमा छन्।