काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड-१९ रोकथाम नियन्त्रण र उपचारमा प्रत्यक्ष संलग्न स्वास्थ्यकर्मी र अन्य कर्मचारीलाई ५० प्रतिशत जोखिम भत्ता उपलब्ध गराउन विवरण माग गरेको छ।
मन्त्रालयले सबै सरकरी अस्पताल, प्रदेश स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, सामाजिक विकास मन्त्रालय र स्थानीय तहलाई पत्र पठाउँदै विवरण माग गरेको हो।
मन्त्रालयले सबै सरकारी आइसोलेसन सेन्टर, प्रयोगशाला र अस्पतालहरुसँग ४ वटा विवरण माग गरेको छ। मन्त्रालयले सम्झौता वा सञ्चालन गर्ने निर्णय, बिरामीको रियल टाइम रिपोर्टिङ, ड्युटीमा खटिएकाहरु मात्र ड्युटी लिष्ट र ड्युटीमा खटिएकाहरुको मात्र तलबी भर्पाई माग गरेको छ।
![No description available.](https://scontent.fktm10-1.fna.fbcdn.net/v/t1.15752-9/195772475_514539342923373_3279212576594738610_n.jpg?_nc_cat=108&ccb=1-3&_nc_sid=ae9488&_nc_ohc=Wuu3lk8RdkEAX_C0DLO&_nc_ht=scontent.fktm10-1.fna&oh=9c29908f7ee3fe7d7cf043cf1b93eb43&oe=60E30274)