काठमाडौं- नेकपा (माओवादी केन्द्र)ले कोरोना संक्रमणलाई लक्षित गर्दै मास्क, सेनिटाइजर र अक्सिजन सिलिण्डर वितरण गरेको छ।
सोमबार एक कार्यक्रममा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चीनबाट प्राप्त सहयोग, प्रवास समन्वय कमिटी र पार्टीको स्वास्थ्य संगठनले उपलब्ध गराएको स्वास्थ्य सामग्री सातै प्रदेशका नेताहरुलाई हस्तान्तरण गरेका हुन्।
सातै प्रदेशका नेताहरुले आफ्नो प्रदेश, जिल्ला र स्थानीय तहमा स्वास्थ्य सामग्री वितरण गर्ने केन्द्रीय सदस्य युवराज चौलागाईंले बताए।
यसरी उपलब्ध स्वास्थ्य सामग्री तत्काल वितरण गरिने चौलागाईंले बताए। यसअघि माओवादीको स्थायी समिति बैठकले स्वयंसेवक परिचालन गर्ने निर्णय गरेको थियो। स्वयंसेवकहरू स्वास्थ्य सामग्री लिएर फिल्डमा जाने भएका छन्।