काठमाडौं - देशभर हाल १ हजार ८ सय ३१ जना कोरोना संक्रमित अस्पतालको आइसीयू र भेन्टिलेटरमा छन्। १ हजार ४ सय ३४ आइसीयू र ३९७ जना संक्रमित भेन्टिलेटरमा उपचाररत रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
प्रदेश १ मा १९७ आइसीयू र ३५ भेन्टिलेटरमा, प्रदेश २ मा ९० आइसीयू र २२ जना भेन्टिलेटरमा छन्। बागमती प्रदेशमा ७७१ आइसीयू र २६६ जना भेन्टिलेटरमा छन्।
गण्डकी प्रदेशमा १२८ जना आइसीयू र ३६ जना भेन्टिलेटरमा, लुम्बिनी प्रदेशमा १७२ जना आइसीयू र २३ जना भेन्टिलेटरमा, कर्णालीमा ४७ जना आइसीयू र १० जना भेन्टिलेटरमा, सुदूरपश्चिम प्रदेशमा २९ जना आइसीयू र ५ जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ।
कोरोनाको उपचार हुने काठमाडौं उपत्यकाको अस्पतालमा ५९६ जना संक्रमित आइसीयू र भेन्टिलेटरमा छन्।
शसस्त्र प्रहरी बल अस्पताल बलम्बुमा १८ आइसीयू र ८ भेन्टिलेटरमा, श्री वीरेन्द्र अस्पताल छाउनीमा २० जना आइसीयू र ५ भेन्टिलेटरमा, वीर अस्पतालमा १७ आइसीयू र ५ भेन्टिलेटरमा, राष्ट्रिय ट्रमा सेन्टरमा १० आइसीयू र ६ भेन्टिलेटरमा, नेपाल प्रहरी अस्पतालमा ३० आइसीयू र २० भेन्टिलेटरमा छन्।
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा २७ जना आइसीयू र २१ भेन्टिलेटरमा, त्रिवि शिक्षण अस्पतालमा ५१ आइसीयू र ३१ भेन्टिलेटरमा, पाटन अस्पतालमा २२ आइसीयू र १२ भेन्टिलेटरमा छन्।
यस्तै निजामती कर्मचारी अस्पतालमा १५ जना आइसीयू र २ भेन्टिलेटरमा, भक्तपुर अस्पतालमा ५ आइसीयू र २ भेन्टिलेटरमा, राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र कीर्तिपुरमा ४५ जना आइसोेलेसनमा छन्।
ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा १५ आइसीयू र ५ भेन्टिलेटरमा, ह्याम्स अस्पतालमा १६ जना आइसीयू र १२ जना भेन्टिलेटरमा, नेपाल मेडिसिटी अस्पतालमा ५९ आइसीयू र २५ भेन्टिलेटरमा, स्टार अस्पतालमा ५ आइसीयू र २ भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ।
मनमोहन अस्पतालमा २ आइसीयू, नेपाल मेकिडल कलेज शिक्षण अस्पतालमा १७ आइसीयू र ३ भेन्टिलेटरमा, काठमाडौं मेडिकल शिक्षण अस्पतालमा ७ आइसीयू र २ भेन्टिलेटरमा, किस्ट अस्पतालमा १४ आइसीयू र ४ भेन्टिलेटरमा, नेपाल कोरिया मैत्री अस्पतालमा ६ आइसीयु र ४ भेन्टिलेटरमा र धुलिखेल अस्पतालमा ६४ आइसीयू र ७ भेन्टिलेटरमा छन्।