काठमाडौं - कोरोना संक्रमण भई उपचाररत मुटुरोग विशेषज्ञ डाक्टर विकास सुवेदीको निधन भएको छ। ४२ वर्षीय डाक्टर सुवेदीको आइतबार (हिजो) राति ह्याम्स अस्पतालमा निधन भएको ह्याम्स अस्पतालले जनाएकाे छ।
उनी दुईसातादेखि ह्याम्समा उपचाररत थिए।
कोटेश्वरमा रहेकाे गौतमबुद्ध इन्टरनेशनल कार्डियाक अस्पतालका सञ्चालक समेत रहेका डा सुवेदी बुटवलको गौतम बुद्ध अस्पतालका पूर्व निर्देशक, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका एसोसिएट प्रोफेसर समेत थिए।
२५ दिनअघि उनलाई कोरोना संक्रमण पुष्टि भएको बताइएको छ।