बाँके- बाँकेमा थप तीन जना कोरोना संक्रमितको मृत्यु भएको छ। नेपालगञ्जस्थित भेरी अस्पतालमा दुई र कोहलपुरस्थित नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पतालमा एक जनाको मृत्यु भएको कोरोना फोकल पर्सन तेज वलीले जानकारी दिए।
मृत्यु हुनेमा बढैयाताल गाउँपालिका–४ बर्दियाका ६१ वर्षीय पुरुष, कोहलपुर नगरपालिका–११ का ६५ वर्षीय पुरुष र लमही नगरपालिका–८ दाङका ६३ वर्षीय पुरुषको रहको उनले जानकारी दिए।
योसँगै बाँकेमा हालसम्म ६२४ जनाको मृत्यु भएको छ। जसमध्ये जिल्लाका ३०३ र उपचारका लागि बाहिरी जिल्लाबाट आएका ३२१ जना रहेका छन्।