काठमाडौं - देशभर हाल १ हजार ६ सय ८७ जना कोरोना संक्रमित अस्पतालको आइसीयू र भेन्टिलेटरमा छन्। १ हजार ३ सय १२ आइसीयू र ३७५ जना संक्रमित भेन्टिलेटरमा उपचाररत रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
प्रदेश १ मा २०२ आइसीयू र ४९ भेन्टिलेटरमा, प्रदेश २ मा ६७ आइसीयू र १८ जना भेन्टिलेटरमा छन्। बागमती प्रदेशमा ७२४ आइसीयू र २४७ जना भेन्टिलेटरमा छन्।
गण्डकी प्रदेशमा ११४ जना आइसीयू र २७ जना भेन्टिलेटरमा, लुम्बिनी प्रदेशमा १३८ जना आइसीयू र १९ जना भेन्टिलेटरमा, कर्णालीमा ३७ जना आइसीयू र ८ जना भेन्टिलेटरमा, सुदूरपश्चिम प्रदेशमा ३० जना आइसीयू र ७ जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ।
कोरोनाको उपचार हुने काठमाडौं उपत्यकाको अस्पतालमा ५६४ जना संक्रमित आइसीयू र भेन्टिलेटरमा छन्।
शसस्त्र प्रहरी बल अस्पताल बलम्बुमा १६ आइसीयू र ७ भेन्टिलेटरमा, श्री वीरेन्द्र अस्पताल छाउनीमा २० जना आइसीयू र ४ भेन्टिलेटरमा, वीर अस्पतालमा १७ आइसीयू र ६ भेन्टिलेटरमा, राष्ट्रिय ट्रमा सेन्टरमा १० आइसीयू र ६ भेन्टिलेटरमा, नेपाल प्रहरी अस्पतालमा २९ आइसीयू र २० भेन्टिलेटरमा छन्।
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा २६ जना आइसीयू र १९ भेन्टिलेटरमा, त्रिवि शिक्षण अस्पतालमा ४९ आइसीयू र २६ भेन्टिलेटरमा, पाटन अस्पतालमा २१ आइसीयू र १० भेन्टिलेटरमा छन्।
यस्तै निजामती कर्मचारी अस्पतालमा १३ जना आइसीयू र २ भेन्टिलेटरमा, भक्तपुर अस्पतालमा ६ आइसीयू र २ भेन्टिलेटरमा, राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र कीर्तिपुरमा २० जना आइसोेलेसनमा छन्।
ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा १६ आइसीयू र ५ भेन्टिलेटरमा, ह्याम्स अस्पतालमा १९ जना आइसीयू र १७ जना भेन्टिलेटरमा, नेपाल मेडिसिटी अस्पतालमा ५७ आइसीयू र २५ भेन्टिलेटरमा, स्टार अस्पतालमा ४ आइसीयू र २ भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ।
मनमोहन अस्पतालमा २ आइसीयू, नेपाल मेकिडल कलेज शिक्षण अस्पतालमा १३ आइसीयू र ३ भेन्टिलेटरमा, काठमाडौं मेडिकल शिक्षण अस्पतालमा ८ आइसीयू र २ भेन्टिलेटरमा, किस्ट अस्पतालमा १२ आइसीयू र ४ भेन्टिलेटरमा, नेपाल कोरिया मैत्री अस्पतालमा ३ आइसीयु र ३ भेन्टिलेटरमा र धुलिखेल अस्पतालमा ५९ आइसीयू र ५ भेन्टिलेटरमा छन्।