काठमाडौं– बागमती प्रदेशसभा सदस्य दीपेन्द्र श्रेष्ठको पहलमा मीनभवनस्थित सिभिल अस्पताललाई एक करोड १८ लाख रुपैयाँबराबरको स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको छ।
सामाजिक संस्था च्वाइस ह्युमानिटेरियनको सहयोगमा भेन्टिलेटर, अक्सिजन सिलिण्डर, पीपीई, पञ्जा, अक्सिमिटर, फेस सिल्ड, इमरजेन्सी ट्रेलरलगायत स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको हो।
प्रदेशसभा सदस्य श्रेष्ठले यसअघि अस्पतालमै आएर आवश्यक सामग्रीको सूची लिएर सहयोग उपलब्ध गराएको अस्पतालका कार्यकारी निर्देशक विधाननिधि पौडेलले बताए।
नयाँ भेरियन्टसहितको दोस्रो चरणको कोरोना फैलिएपछि खरिद प्रक्रिया पनि पूरा गर्न नपाएकाले स्वास्थ्य सामग्रीको अभाव भएका बेला सामग्री पाउँदा स्वास्थ्य सेवा दिन सहज भएको उनको भनाइ थियो।
कोरोनाको तेस्रो चरणको लहर पनि आउने अनुमान भइरहेकाले अहिलेदेखि तयारी सुरु गरिएको अस्पतालले जनाएको छ।