काठमाडौं- सरकारी सेवामा आवद्ध नर्सिङहरुको संघ (गोनान)ले स्वास्थ्य तथा जनसंख्या मन्त्री शेरबहादुर तामाङलाई ज्ञापनपत्र बुझाएका छन्। गोनानका अध्यक्ष, उपाध्यक्ष लगायतका पदाधिकारीले स्वास्थ्यमन्त्री तामाङलाई भेटी सरकारले ल्याएको 'एक चिकित्सक/स्वास्थ्यकर्मी एक स्वास्थ्य संस्था २०७७' कार्यविधिमा नर्सहरुमाथि विभेद भएको भन्दै ध्यानाकर्षण गरेका छन्।
संघले कार्यविधि आउन राम्रो भए पनि नर्सहरुका विषयमा विभेद भएको भन्दै त्यसमा संशोधन गर्दै डाक्टरहरुको जस्तै नर्सका लागि पनि स्पष्ट व्यवस्था गर्न माग गरेको छ। उक्त कार्यविधिमा सबै ठाउँमा चिकित्सक,नर्सलगायत स्वास्थ्यकर्मी भनिएपनि आर्थिक पाटोमा उक्त कुरा छुटाउनु दुखद विभेद र नर्सको कामको अवमुल्यन भएको भन्दै संघले ध्यानाकर्षण गराएको हो।
गोनानले कार्यविधिको दफा ४ को उपदफा २ को (क) र दफा ५, (२)मा नर्स भन्ने शब्द यथावत् राखी उक्त कार्यविधि २०७७ लाई पूर्णता दिई संचालन गर्न माग समेत गरेको छ।
हेरौं विज्ञप्ति