काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा पदाधिकार रहेकी नर्सिङ निरीक्षक दिव्या तिमिल्सिनासँग ७ दिने स्पष्टीकरण माग गरेको छ।
मन्त्रालयले तिमिल्सिनालाई २०७३ साल भदौ २९ गतेदेखि बिना सूचना बिदा स्वीकृत नगराई अनुपस्थित रहेकाले सेवाबाट हटाउनु पर्ने भन्दै ७ दिनभित्र स्पष्टीकरण पेश गर्न भनेको छ।
मन्त्रालयले तिमिल्सिनालाई स्वास्थ्य सेवा ऐनको दफा ७४(१)को कसुरमा भविष्यमा स्वास्थ्य सेवाका निमित्त अयोग्य नठहरिने गरी सेवाबाट किन नहटाउने? सेवाबाट हटाउन नपर्ने कुनै कारण र प्रमाण भए सो सहित ७ दिनभत्रि स्पष्टीकरण पेश गर्न सार्वजनिक सूचना निकालेको छ।
हेरौं सूचना