काठमाडौं- स्वास्थ्य सेवा विभागले विभिन्न तहका ६२२ जना स्वास्थ्यकर्मीको स्तरवृद्धि गरेको छ। लकडाउनको समयमा पनि विभागले कर्मचारीलाई हौसला प्रदान गर्न आवश्यक कागजपत्र पुरा भएका स्वास्थ्यकर्मीको स्तरवृद्धि गरेको हो।
विभागका सूचना अधिकारी महेश पाण्डेका अनुसार ०७७ साल पुस मसान्तसम्म विभागमा दर्ता भइ कागजात पुरा भएका स्वास्थ्यकर्मीमध्ये प्यारामेडिक्स तर्फ चौथोबाट पाँचौमा १२५ जना, पाँचौबाट छैठौंमा ३०८ जना र छैठौबाट सातौंमा १० जना गरी ४४३ जना स्तरवृद्धि भएका छन्।
यस्तै नर्सिङ तर्फ चौथोबाट पाँचौमा ८४ जना, पाँचौबाट छैठौंमा ८९ जना र छैठौंबाट सातौंमा १७९ जना स्तरबृद्धि भएका छन्। प्यारामेडिक्स र नर्सिङ गरी ६२२ जनाको विभागको बिहीबारको निर्णय अनुसार स्तरवृद्धि भएको पाण्डेले जानकारी दिए।
विभागबाट अर्थिक वर्ष २०७७/०७८ मा हालसम्म १९८२ जना स्वास्थ्यकर्मीको स्तरवृद्धि भएको छ।
हेरौं सूची
प्यारामेडिक्स तर्फ
नर्सिङ तर्फ